वुहानबाट आएको नरम थियो, भारतबाट आएको कडा रहेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतबाट आएको कोरोनाभाइरस कडाखालको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

“अहिलेसम्म हेर्दा वुहानबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो । इटालीबाट आएको पनि नरम देखिएको थियो । दुबइबाट आएको पनि नरम देखिएको थियो तर भारतबाट आएको कडा भाइरस देखिएको छ ।”