रोल्पा आइसोलेशन उपचाररत एक युवकको मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ ६, मंगलवार ०८:५६
प्रकासित समय : ०८:५६
रोल्पा, रोल्पा अस्पतालको आइसोलेशनमा उपचाररत एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिएकी छिन् ।
काठमाडौंमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेसनमा बसेका थिए ।
ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा. घर्तीले जानकारी दिएकी छिन् ।

