भरतपुर अस्पतालको आइसियूमा एक जनाको मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ ६, मंगलवार १२:४५
प्रकासित समय : १२:४५
चितवन, चितवनको भरतपुर अस्पतालको आइसियूमा उपचार गराइरहेका एक बिरामीको ज्यान गएको छ । रौतहटको परोहा नगरपालिका–८ का ६८ बर्षीय पुरुषको आज (मंगलबार) बिहान मृत्यु भएको अस्पतालले जानकारी गराएको छ । अस्पतालले उनको मृत्युको कारण खुलाएको छैन ।
सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पठाइएको छ । उनी चार महिनादेखि क्षयरोगको औषधि खाइरहेका थिए ।
उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । क्यान्सर भएको आशंकामा उनलाई उपचारका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरिएको थियो ।