पचालझरना गाउँपालिकाले भारतमा रहेका आफना अलपत्र नागरिकको उद्धार गर्ने
कालिकाेट, कालिकाेट पचालझरना गाउँपालिकाले भारतमा रहेका आफ्ना नागरिकको उद्धार कार्य गर्ने भएकाे छ । गाँउपालिकाले मंगलबार एक बिज्ञप्ति जारि गर्दै उद्भार कार्यकाे लागि पहल गरेकाे हाे ।
भारतको सिक्किममा रहेका आफ्ना नागरिकलाई गाउँपालिकासम्म ल्याइदिनका लागि सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ । गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालद्धारा जारि बिज्ञप्तिमा कामको लागि सिक्किम पुगेका गाउँपालिकाका ५० जनालाई गाउँपालिकासम्म ल्याइदिनका लागि सहयोग गरिदिन हुन अनुरोध गरिएको छ ।
पालिकाले मजदुरिका लागि भारतको सिक्किम पुगेका नागरिकलाई गाउँपालिकासम्म पु¥र्याउनका लागि सम्बन्धित सबै क्षेत्रलाई आग्रह गरेको छ । गाउँपालिकाका ५० जना लामो समय देखि भारतको सिक्किममा अलपत्र परेका थिए ।
यो सुचनासंगै त्यहाँ रहेका मजदुरहरुमा खुशियालि छाएको छ । उनिहरुलाई बिभिन्न ठाँउका क्वारेन्टाइनमा राखेर घर जान दिने ब्यबस्था मिलाएको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारि दिए ।