नेपालमा पहिलो पटक चिकित्सकमा काेरोना संक्रमण

काठमाडाैँ, नेपालमा पहिलो पटक डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको हो ।

मंगलबार उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये एक जना चिकित्सक हुन् । यसअघि नर्सहरुमा कोरोना भाइरस संक्रण देखिएको थियो ।