नरैनापुरका संक्रमितलाई नेपालगन्ज लाइन्स डेन्टलमा राखिने

नेपालगन्ज,  बाँकेको नरैनापुरका क्वारेन्टाइनमा पुष्ठि भएका ५९ जना कोरोना संक्रमितलाई नेपालगन्ज र कोहलपुरमा राखिने भएको छ ।

 स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नरैनापुर  ५९ पोजेटिभ केस लाइन्स डेन्टलमा ब्यबस्थापन गरिने बताइएकाे हाे ।   नेपालगन्जको लायन्स डेन्टल अस्पताल राख्ने निर्णय भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले जानकारी दिए।