कोहलपुरमा पनि लकडाउनमा थप कडाई
प्रकासित मिति : २०७७ जेष्ठ ६, मंगलवार १९:४७
प्रकासित समय : १९:४७
कोहलपुर, बाँके कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा लकडाउनको कडाई गर्ने भएको छ । मंगलवारबाट लागु हुने गरी लकडाउनको कडाई गर्ने बताएकाे हाे ।
नगरक्षेत्रमा सबै प्रकारका उद्योग, व्यवसाय बन्द गर्न र बैंक तथा वित्तीय संस्थाको सेवा रोक्न समेत नगरापालिकाले निर्देशन समेत दिएको छ । बाँकेको नरैनापुरमा ठुलो परिणाममा संक्रमित देखिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो।
पछिल्लो समय दिन प्रतिदिन सन्क्रमित संख्या बढ्न लागेपछी लकडाउनलाई थप कडाइ गर्नु परेको बताउछ्न नगर प्रमुख लुट बहादुर रावत । उनले कोहलपुरमा बार बार आग्रह गर्दा नि लकडाउनको पुर्ण पालना सर्वसाधारणले नगरेको गुनासो समेत पोखेका छन् ।