कोरोना परीक्षणका लागि हेलिकोप्टर चार्टर्ड गरेर स्वाब संकलन

सुर्खेत, राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा कोरोना भाइरस परीक्षणका लागि हेलिकोप्टर चार्टर्ड गरेर स्वाब संकलन गरिएको छ। हुम्लाका चंखेली, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकामा हेलिकोप्टर चार्टर्ड गरेर स्वाब संकलन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाले निर्देशक डा. मंगल रावलले बताए।

सम्बन्धित स्थानीय तहका एकएक केन्द्रबाट स्वाब संकलन गरिएको हो। ती स्थानीय तहबाट झन्डै दुई सय जनाको स्वाब संकलन भएको छ। यारीमा एक जनाको आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको र उनको समेत स्वाब संकलन गरेर जुम्ला लिने तयारी भइरहेको छ।

आठ स्थानीय तहमध्ये चारवटा स्थानीय तह प्रतिष्ठान स्वाब संकलन प्रतिष्ठान र बाँकी चारवटा स्थानीय तहको कोरोना परीक्षणको गर्ने जिम्मा प्रदेश अस्पताल सुर्खेतलाई दिइएको छ।