कालापानी–लिपुलेक विवादित हैन, हाम्रो भूमि हो : प्रधानमन्त्री ओली
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी विवादित नभएर नेपालको भूमि भएको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कतिपयले उक्त क्षेत्रलाई विवादित भनेकोमा असन्तुष्टि व्यक्त गर्दै त्यो नेपालको भूमि भएको बताए।
भारतले हडपेको भूमि फिर्ता लिनकै लागि सरकारले नयाँ नक्सा जारी गर्ने निर्णय गरेको उनले बताए। त्यसलाई संवैधानिक मान्यता दिन संविधान संशोधन गरिने बताए।
‘२०१८ सालसम्म नेपाली जनतासँग तिरो उठाउने कबाम भइरहेको थियो । सन् १९६२ मा भारत र चीनबीचको लडाइँपछि त्यो रोकियो । कालापानी, लिपुलेक, लिम्पियाधुरा विवास्दास्पद भूभाग होइन, विवास्पद बनाइएको हो’ ओलीले भने , ‘हामीले अग्याल्इँ गरेको भए पो कोही रिसाउन छ कि भन्ने ।
हामीले केही अग्याल्इँ गरेका छैनौ । नक्शा कुनै तमासा गरिएको होइन, देखाउनको लागि लागि गरिएको होइन, । हामीले आफ्नो भूभाग फिर्ता गर्नेछौ । यसबाट सिंगो देश खुशी हुनेछ ।’