अमेरिकामा कोरोनाको संक्रमणले ९१ हजारको मृत्यु

काठमाडौं, साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९१ हजार ९१५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ६७० जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ४९ हजार ३३४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ५४ हजार ३३९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ३ हजार ८० जनामध्ये १६ हजार ८५७ जनाको अवस्था गम्भीर रहेको छ ।