पलाँताको घटनामा मुख्यमन्त्रीलाई जोडनु अपराधिक काम हो : नेता सिंह

सुर्खेत, बिरेन्द्रनगर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादर शाहीका प्रमुख स्वकिय सचिब तथा युवा नेता खेम बहादुर सिंहले पलाँता गाउँपालिकामा भएको घटनासंग मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई जोडेर नाराबाजी गर्नु अर्को अपराध गर्नु बताएका छन । सिंहले आज एउटा स्टाटस लेख्दै मुख्यमन्त्रीलाई जोडेर नाराबाजी गर्नु अर्को अपराध भएको बताएका हुन ।

उनले स्टाटसमा लेखेका छन कालिकोटमा दिनप्रतिदिन जनप्रतिनिधि माथी हस्तक्षेप हुनु निन्दनीय छ। आफू गल्ती गर्ने माननीय मुख्यमन्त्री ज्युलाई जोड्ने र नाराबाजी गर्ने अर्को अपराधीक काम हो।

उनले जनप्रतिनिधिमाथि हस्तक्षप हुनु निन्दनीय भएको समेत बताएका छन । केहिदिन यता पलाँता गाउँपालकिा अध्यक्ष लक्ष्मण बम बिरुद्ध नारा बाजी भैरहेको छ ।

गत वैशाख २७ गते शनिबार गाउँपालिका अध्यक्ष बम र उनकी श्रीमती गोरिकला बममाथि आक्रमण भएपछिको विवादले चर्को रुप लिएपछि पक्ष बिपक्षबिच चर्काे नाराबाजी भइरहेकाे छ । 

भने आक्रमण गरेको आरोपमा पक्राउ परेका नेपाल कम्यूनिष्ट पाटी (नेकपा) पलाता गाउँपालिका कमिटी अध्यक्ष इन्द्र रोकाया र सोही गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर भण्डारीका समर्थकहरुले भ्रष्टचारी नेता चाँहिदैन, गाउँपालिको खाता बन्द गर, नेताहरु थुन्न पाईंदैन, झुट्टा मुद्धा खारेज गर, जस्ता नारा दिनहुँ  लगाइरहृेका छन्।