दाङमा कोरोना संक्रमितले खाएको भाडा खाडलमा पुरिदै

दाङ , दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेको कोरोना संक्रमितहरुले खाएको भाडा तथा विरामीहरुले खाएर बचेको खाना खाडलमा पुर्ने गरिएको छ ।

सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ र १८ को संयुक्त सहकार्यमा भाँडाहरू खाडलमा पुरिएको वडा नं. १८ का वडा अध्यक्ष माधव वलिले जामनकारी दिए । कोरोना बिशेष अस्पतालमा रहेका संक्रमितहरुले प्रयोग गरेको भाडा यत्रतत्र हुदा बस्तुभाउले खाने गरेको भन्दै आफुहरुलाई पनि संक्रमणको जोखिम बढेको स्थानियले गुनासो गरेका थिए ।

स्थानियले गुनासो गरेका थिए । वरीपरीका बासिन्दा त्रसित भएको जनगुनासो पछि वडा १७ र १८ को टोली अनुगमन गरेको थियो । तर अस्पातालले दैनिक रुपमा संक्रमितहरुले खाएको भाडा पुर्दै आएको पाईएको अध्यक्ष वलिले जानकारी दिए ।

साथै उनले अबको एक दुई दिनमा छाडा चौपाया जानबाट रोक्नको लागि उक्त खाडलहरुको वरिपरी तारजालीले बेर्ने तयारी रहेको जानकारी दिए । त्यस्तै उनले विरामीहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा अस्पताल भित्रैमा बस्ने भएकाले वरपरका वासिन्दाहरुलाई त्रसित नहुन आग्रह पनि गरे ।