बाँकेमा थप ४७ जनामा कोरोना पुष्टि
नेपालगञ्ज, बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो। जसमध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पताल स्रोतले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परिक्षण हुनेक्रममा रहेको भेरी अस्पताल स्रोतले जनाएको छ।
कोरोनाबाट निधन भएको युवकको सम्पर्कमा आएका र थप अन्य कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरि परिक्षण भएको थियो।
एक व्यक्तिको निधनसँगै कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा नरैनापुरलाई हटस्पट घोषित गरि थप सतर्कता अननाउन स्थानियहरुले माग गर्न थालेका छन्। सो क्षेत्रमा प्रसासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाइ नेपाल प्रहरी र सशस्त्र प्रहरी सो क्षेत्रमा व्यापक मात्रामा परिचालन गरिएको छ।