सुनिलस्मृतिद्धारा अति विपन्न २४० घर परिवारलाई राहत वितरण

रोल्पा, सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले गाउँपालिका भित्रका अति विपन्न २४० घर परिवारलाई राहत वितरण गरेको छ । तेह्रौँ गाउँकार्यपालिका बैठकबाट प्रत्येक वडामा सर्वपक्षिय वैठक वसि वडाका अति विपन्न ३० घर परिवार छनौट गरि गाउँपालिका पठाउने निर्णय भएको र सोहि छनौट भए अनुसार राहत वितरण कार्य सम्पन्न भएको हो ।

राहत वितरणका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, वडा सदस्यहरु, वडाका वुद्धिजिवि तथा समाजसेवहरु र गाउँपालिकाले आह्वान गरेको राहत कोषमा जम्मा गर्नुहुने सहयोगीदाताहरुको उपस्थितीमा राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो ।

अध्यक्ष घर्तीले भन्नुभयो राहत कोषमा आर्थिक तथा भौतिक सामाग्रिहरु सहयोग गर्नुहुने विभिन्न संघ सस्था, वुद्धिजिवि, व्यापारि, समाजसेवीहरुप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष घर्तीले पहिलो चरणमा प्रत्येक वडाका अति विपन्न ३० घर परिवारलाई २५ केजि चामल, २ केजि दाल, १ लिटर तेल, २ केजि नुन वितरण गरिएको उहाँले बताउनुभयो । आउदा दिनहरुमा समय र परिस्थितीको आकालन गरि थप राहत वितरणका लागि अगाडि बढ्ने अध्यक्ष घर्तीले बताउनुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।