लकडाउनले बिद्यार्थीमा परेको प्रभाव र अनलाइन कक्षाको सन्दर्भ

महिनौ अगाडी सडक तथा सम्पुर्ण सहरहरु ब्यस्त  देखिन्थे । यस अवस्थामा मानिस तथा यातायातका साधनको पनि निकै नै चहलपहल थियो । मानिसमा त्यति ठुलो मार परेको थियन । किसान तथा मजदुरहरु आफ्नो दैनिक गुजारा चलाउन बिहान बेलुका निकै नै श्रम गर्ने गर्थें । यति श्रम गर्ने भएपनि उनका अधिक इच्छा तथा आकान्क्षा कदापी पूरा नभएपनि सामान्य भने पूरा हुन्थे ।

एक्कासि  कोरोनाले बिस्वभर आतंक मच्चायो त्यसपछि बिस्वका केही मुलुकमा ठुलो संख्यामा मानिसको मृत्यु भयो । खास गरि कोरोना भन्ने भाइरस चीनबाट उत्पती भएको हो भन्ने कुराको गम्भीर आलोचना अमेरिकाले गर्छ भने एकातिर चीनले पनि अमेरिकालाई नै दोषी ठान्छ ।

सर्बप्रथम चीनमा नै ठुलो संख्यामा मानिसको मृत्यु भएको र यहि रास्ट्रमा बढी संक्रमण देखिएकाले गम्भीर आरोप प्रतिआरोप घरी घरी अमेरिकाले गरिरहन्छ । पछिलो समएमा चीनले यसको निराकरण गरिसके पश्चात् विश्व हल्लाउने निकै ठुलो रास्ट्र अमेरिकामा अहिले कोरोनाले तहल्का मच्चाइ रहेको छ।

 नेपालमा पनि कोरोनाको प्रभाव अधिक मात्रमा नभएपनी सामान्य रुपमा प्रवेश गरे पछि सरकारले देशभर लकडाउन जारी गरेको छ । लकडाउन कति गर्ने र कहिलेसम्म गर्ने भन्ने कुनै निश्चित पुर्वअनुमान गर्न भने निकै कठिन देखिन्छ । नेपाल जस्तो गरिव रास्ट्रमा कोरोनाको असर देखिएपछि सम्पुर्ण नेपालिहरु त्रसित देखिन्छन ।

तर नेपालमा भने कोरोनाकै कारण ज्यान गुमाउनु परेको छैन । कोरोना संक्रमीत ब्याक्ती ह्वत्तै वृद्धि हुदा केही डर त छ नै , तै पनि त्रसित हुनुपर्ने तेति गम्भीर प्रभाव देखिदैन । वास्तवमा भन्नू पर्दा कोरोनाका कारण किसान तथा मजदुरहरु ठुलो मार मा परेका छन । गरिबीका रेखा मुनि परेका मानिसहरुलाइ दैनिक गुजरा चलाउन हम्मे भएको छ भने , अर्को तिर श्रमिक तथा मजदुरहरुले झन आफ्नो उत्पादन र श्रमको उचित मूल्य पाएका छैनन् ।

यसो हुनुमा एउटा कोरोनाको कारण हुन सक्छ भने अर्को सराेकारवाला निकायको गम्भीर ध्यानाकर्षण नहुनु पनि देखिन्छ । त्यस्ताे ब्यस्त सडक तथा सहर सिल हुदा एकदमै सुनसान देखिन्छ । कतै एम्बुलेन्स आयो भने पनि कोरोनानै लागेको ब्यक्ति ल्याए हिला भनेर गाउले त्रसित देखिन्छन् । एकातिर अब के खाएर बाच्ने होला भनेर गरिवहरु दुख व्यक्त गरेको पनि देखिन्छ ।

लकडाउनको मारमा सबै प्रभावित त देखिन्छन् नै तर गरिव जनतामा ठुलो मार परेको छ । कोरोनाको कारण देश को अर्थतन्त्रमा समेत निकै गिरावट आयको देखिन्छ । तेति मात्र होइन अझ भनौ न हामी जस्ता बिद्यार्थीहरु जो जाँच को प्रखाइमा बसिरहेका छौ , हामिमा पनि एउटा ठुलो मनोबैज्ञानिक त्रास सिर्जना भएको छ ।

यहि अवस्थामा कताकता अन्लाईन कक्षा सन्चालन गर्ने भन्ने विषय उठेको छ । यो विषयलाई गम्भीर रुपमा सुक्ष्म अध्यन नगर्नाले धेरै बिद्यार्थीहरु अन्योलमा परिरहेका छन । नेपाल एकदम गरिब रास्ट्र हो भन्ने था हुँदाहुदै पनि यो अनलाइन कक्षा सन्चालन गर्नु सान्दर्भिक मानिदैन, किन भने यो कक्षा नेपालको एकदमै दुर्गम क्षेत्रहरूमा सन्चालन गर्न निकै कठिन छ ।

धेरै विद्यार्थीहरु शहर छाडेर ग्रामीण क्षेत्रमा प्रवेस गरेका छ्न । ग्रामीण भेगमा गएका विद्यार्थी र तेहिका स्थानीय विद्यार्थीलाई अनलाइन कक्षा भन्ने था नहुन पनि सक्छ भएपनी सम्भव देखिदैन ।

भनौ न अडियो कल गरेर कसैसंग कुराकानी गर्नु पर्दा पनि मोबाईलमा टावर टिपोस भनेर फाेन गर्न रुखको टुप्पोमा जानू पर्ने मुलुकमा अनलाइन कक्षाा  सान्दर्भिक होला त ?  कि त सम्पन्न परिवारका छोराछोरीले मात्रै पढ्ने र बिपन्नका छोराछोरीले पढ्नु पर्दैन भन्ने उदेश्यले अनलाइन कक्षा सन्चालन गरिएको भए बेग्लै हुन सक्छ ।

यो मात्र होइन रास्ट्र लकडाउन परिरहेको बेलामा बिपन्न परिवार मात्र नभएर सम्पन्न परिवारमा पनि केही मार त परिरहेकै छ,  भन्ने विषयलाइ नकार्न मिल्दैन । यसर्थ  अनलाइन कक्षा सन्चालन गर्ने विषयमा सम्बन्धि निकायको गम्भीर ध्यानाकर्षण भै यसको सामाना गर्न छुट्टै कदम चाल्नुपर्ने देखिन्छ ।

हुनत कोरोनाले गर्दा केही पाठ पनि सिकायको छ धैर्य रहन र स्वदेशमा नै बस्न तर पनि नेपाल लगायत बिस्वभरमा नै क्षेती र आतंक मच्चायकाले सबैलाई यसले ठुलो च्यालेन्ज दिएको छ । एकातिर अन्य रास्ट्रमा गयका केही नेपालिले ज्यान गुमाउनु परेको छ भने केही नेपालिहरु स्वदेश फर्कन नपाउदा उनिहरुमा पनि मनोबैज्ञानिक असर परेको देखिन्छ । मुख्यतया अलपत्र परेका नपालिहरुलाइ उद्दार गर्न सरकारले केही रणनीति अवलम्बन गर्नु पर्छ ।

जे सुकै पुकार गरेपनी , कोरोनाले बिस्वभर आतंक मच्चाइरहेकोबेला यसबाट बन्चित हुने उपाय सिर्जना गर्नुपर्छ । नय टेक्निक को प्रयोग गरि यस प्रती बिस्वका बैज्ञानिक तथा बुद्धजिबि को गम्भीर ध्यानाकर्षण हुनुपर्छ । भने नेपाल ले पनि यसको सामना गर्नको लागि आके जतिको कदम चाल्नु पर्छ ।

रास्ट्रमा रोगले भन्दा भोकमरीले मर्ने समस्यको केही आलोचना समेत गर्नुपर्ने देखिन्छ । यसरी बिस्वभर छरियर रहेका नेपालीहरु र बिस्वभर कै सम्पुर्ण मानिसहरुले यश समस्यालाइ सामना गर्न सकुन १ यसर्थ बिद्यार्थी तथा जनजीवनमा परेको प्रभाव लाई आधार मानी लेखिएको कुरालाई मेरो बिचारमा बर्तमान सान्दर्भिक नै देखिन्छ ।