कर्णालीका पहिलो संक्रमित युवा भारतबाट फर्किएका थिए
प्रकासित मिति : २०७७ जेष्ठ ५, सोमबार २२:५७
प्रकासित समय : २२:५७
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका पहिलो संक्रमित ३५ बर्षिय युवा भारतबाट आएको पाइएको छ । संक्रमित युवक जेठ १ गते भारतको आगराबाट गाउँ फर्किएका थिए ।
सोमबार बिहान सुर्खेतमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएका उनको नुमना पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो।
नेपालगन्जमा पुनः परीक्षण गर्दा पनि कोरोना भएको पुष्टि भएको थियोे
नेपालमा कोरोना भाइरस संक्रमण भएको झन्डै चार महिनापछि दैलेख आठबीसकोट नगरपालिकाका–३५ वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पहिलोपटक माघ १० गते कोरोना भाइरस संक्रमित देखिएका थिए। त्यसपछि विभिन्न जिल्लामा संक्रमित देखिए पनि कर्णाली प्रदेशमा भने अहिलेसम्म कसैलाई पनि संक्रमण पुष्टि भएको थिएन।
सोमबारसम्म देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।