३१ जिल्लामा फैलियो कोरोना भाइरस
प्रकासित मिति : २०७७ जेष्ठ ५, सोमबार १७:२२
प्रकासित समय : १७:२२
काठमाडौं, फागुन मसान्तसम्म एक जनामा देखिएको कोरोना भाइरस आजसम्म आइपुग्दा ३५७ पुगेको छ। अहिलेसम्म ३१ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।
प्रादेशिक विवरणअनुसार प्रदेश १ मा ४०, २ मा १३२, वागमतीमा १ मृत्युसहित १८, गण्डकीमा ३, प्रदेश ५ मा १ मृत्युसहित १५९ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमित भएका छन्। कुल संक्रमित ३५७ मध्ये पुरुषको संख्या २९८ पुरुष छन् भने ५९ जना महिला छन्।
३६ जना उपचारपछि घर फर्किएका छन्। मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय युवक छन्।