नरैनापुरका ४७ संक्रमित केहिदिन अगाडि भारतबाट आएका थिए
नेपालगन्ज, बाँके नरैनापुर गाउँपालिकामा सोमबार कोरोना संक्रमण पुष्टि भएका ४७ जना भारतबाट आएको पाइएको छ । उनिहरू केहिदिन अगाडि मात्रै भारतबाट आएको पाइएकाे हाे ।
नरैनापुरमा अहिले ७ सय ५९ जना क्वारेन्टाइनमा छन् । उनीहरु सबै भारतका दिल्ली र मुम्बई लगायतका सहरबाट आएको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।
आइतबार मात्र नरैनापुरका ५ का एक युवकको कोरोना सै कारण मृत्यु भएको थियो । यस अघि पनि पहिलो पटक ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सोमबार थप ४७ जनामा कोरोना पुष्टि भएको हो ।
ती मध्ये एक जना महिला छन् । उनका अनुसार ठूलो संख्यामा कोरोना भेटिएसँगै नरैनापुरलाई थप त्रसित बनाएको छ । आफ्नो गाउँपालिका कोरोनाको हटस्पट जस्तै बनेको उनले बताए । अब झन उच्च सर्तकता अपनाउनु पर्ने अवस्था आएको उनको भनाई थियो । यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ८० पुगेको छ ।