कर्णालीसहित थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ३७५

काठमाडौं, सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

कणार्ली प्रदेशमा पनि कोरोनासंक्रमणको पहिलो केश फेला परेको छ । दैलेख आठबिस नगरपालिकाको क्वारेनटाइनमा रहेका ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको हाे ।

क्वारेन्टाइनमा रहेकाको स्वाब सुर्खेतमा परीक्षण गर्दा पोजेटिभ नतिजा आएपछि पुनः परीक्षणको लागी नेपालगंजस्थित भेरी अस्पतालमा सोमबार पठाइएको थियो ।

नेपालगंजमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनलाई कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

त्यसेैगरि बाँकेमा १२ धनुषामा २ खोटाङ हलेसि १ दैलेख आठबिसकोट १ सुनसरी १ झापा १ गरि  १८ जना थपिएका बताएइएको छ ।

यसैगरी सुनसरी र खाेटाङमा पनि पहिलाेपटक संक्रमण देखिएकाे छ।