अमेरिकामा कोरोनाको संक्रमणले ९० हजार ९७३ को मृत्यु

काठमाडौं ,  महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकामा ९० हजारभन्दा बढीको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा थप ८६० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९० हजार ९७३ पुगेको छ ।

 पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख २६ हजार ८४२ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ४४ हजार ९४३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ९० हजार ९२६ जनामध्ये १६ हजार ३५३ जनाको अवस्था गम्भीर रहेको छ ।