नरैनापुरका मृतक २ साता यात्रा गरेर मुम्बइबाट आएका थिए

नेपालगन्ज, कोरोनाबाट मृत्यु भएका दाेस्राे ब्यक्ति बाँकेको नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवा एक साता अगाडि वैशाख ३० गते उनी भारतको मुम्बइबाट नेपाल  आएकाे पाइएकाे छ । केहिदिन अगाडि मात्रै भारतको मुम्बइबाट आएका उनलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

शनिबार नै उनको पीसीआर जाँचका लागि स्वाब संकलन भए पनि आइतवार रिर्पोट आएको थियाे । उनी प्रदेश पाँचमा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् । उनको आइतबार कोरोना भाइरसबाट मृत्यु भएको छ । 

उनी मुम्बइबाट करिब २ साताको यात्रा गरेर नेपाल आएका थिए । उनका खुट्टा सुनिएका थिए । शनिवार राति उनलाई एक्कासी उच्च ज्वरो आयो ।

स्वासप्रस्वासमा समस्या भएपछि एम्बुलेन्स खोज्दा खोज्दै उनको क्वारेन्टाइनमा मृत्यु भयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आफुले एम्बुलेन्स खोज्दाखोज्दै उनको मृत्यु भएको बताए । ‘गाडी, पैदल गर्दै उनी जिल्लामा आउँदा खुटटा सुनिएका थिए ।

उनलाई कुनै दीर्घरोग भएको थाहा छैन उनले भने । हिजो राति एक्कासी ज्वरो आयो । बान्ता पनि गरेका रहेछन । त्यस्तै स्वास्सप्रस्वासमा पनि समस्या देखिएको थाहा भएर एम्बुलेन्स खोजिँदै थियो । एक्कासी क्वारेन्टाइनमै मृत्यु भयो,’ अध्यक्ष शाहले भने ।

बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । बाँकेको कोरोना अस्पताल बिरामीले भरिएपछि २ दिन अगाडिदेखि नै नरैनापुर गाउँपालिका ८ संक्रमितलाई बेलझुण्डीस्थित कोरोना अस्पतालमा लगिएको छ ।

हालसम्मा प्रदेश नम्बर पाँचमा १ सय ५ जनामा संक्रमण र १ जनाको मृत्यु भएको छ ।