दाङमा कोरोना संक्रमितको दुई/दुई घण्टामा स्वास्थ्य जाँच गरिदैं

दाङ,  दाङको तुलसीपुर उपमहानगरपालिका वडा न.१७ स्थित कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचार भईरहेका १६ जना कोरोना संक्रमितको प्रत्येक दुई / दुई घण्टामा स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।

बेलझुण्डीमा रहेका बाँकेका ८,कपिलवस्तुका ६ र दाङ गढवा गाउँपालिकाका २ जना गरि १६ जनाको उपचार भइरहेको छ । उनीहरुको संक्रमण पोजेटिभ देखिएको भएपनि लक्षण भने नदेखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माले बताए । उनीहरुको अबस्था समेत सामान्य रहेको उनको भनाई छ ।

अहिले अस्पतालमा आश्यक चिकित्सक, नर्ससहित आवश्यक कर्मचारी भएकाले पनि सहज भएको उनको भनाई छ । तर संक्रमित थपिएर जनशक्ति पनि थप गर्नुपर्ने उनको भनाई छ ।