युवकको शव क्वारेन्टिनमै, तनावमा बाँकेको नरैनापुर

नेपालगन्ज, बाँकेको नरैनापुरमा तनाब बढेकाे छ ।  गाउँपालिका वडा नम्बर ५ स्थित क्वारेन्टिनमा एक युवकको मृत्यु भएपछि गाउँपालिकाको व्वस्थापन र प्रभावकारी तयारी नभएको भन्दै तनाव उत्पन्न भएको हाे । गत साता बुधबार भारतको मुम्बईबाट आएका नरैनापुर ५ बस्ने युवकको क्वारेन्टाइनमा शनिबार मृत्यु भएको थियो।

त्यहाँ खटिएका स्वास्थ्यकर्मी अहेब दिनेश मौर्य र मटेहिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम बुढा दुवै जना क्वारेन्टाइन क्षेत्रमा थिएनन्। बिहान पुगेका उनीहरुलाई क्वारेन्टाइनमा बसेका युवाहरुले भित्र पस्न दिएनन् ।

हिजो शनिबार स्वाब संकलन भएकोले उक्त रिपोर्ट आएपछि मात्र थप के गर्ने भन्ने बारे प्रष्ट हुने नरैनापुर स्वास्थ्य चौकीका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए ।

आफ्नो साथीको शव त्यत्तिकै रहेको अवस्थामा आफूहरु केही नखाने र घर पठाउनुपर्ने माग क्वारेन्टाइनमा बस्ने युवाहरुले अघि सारेका छन् । शव अहिले पनि क्वारेन्टाइनमै राखिएको छ।