पृतनापतिलाई कोरोना देखिएपछि सेनाको मध्यपूर्वी ब्यारेक सिल
प्रकासित मिति : २०७७ जेष्ठ ४, आईतवार १३:०४
प्रकासित समय : १३:०४
काठमाडौं, नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापतिलाई नै कोरोना संक्रमण देखिएपछि अहिले महोत्तरीको बर्दिवासमा रहेको ब्यारेक सिल गरिएको छ । नेपाली सेनाले नै आन्तरिकरुपमा सिल गरिएको छ ।
कोरोना संक्रमित उक्त ब्यारेकका दुबै जनालाई सशस्त्र प्रहरीको अस्पताल काठमाडौं ल्याइएको छ । उनीहरुलाई त्यहाँ आइसोलेसनमा राखिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अहिले त्यहाँ अन्य अधिकारीको पनि स्वाब संकलन भइरहेको जानकारी दिए ।

