नरैनापुरमा क्वारेन्टाइनमै एक जनाको मृत्यु, स्थानीय त्रसित

नेपालगन्ज,  बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ । ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै ज्यान गएको हो । 

गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नु अगावै युवककोे मृत्युु भएको थियो ।  क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित  भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले रातीदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिए ।

कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरि सकिएकाले आज रिपोर्ट आउने उनले बताए ।