टोलमा बाटो बन्द र भाडामा बस्नेलाई दुर्व्यवहार गरे कारवाही
प्रकासित मिति : २०७७ जेष्ठ ४, आईतवार २२:५८
प्रकासित समय : २२:५८
काठमाडौं, गृह मन्त्रालयले सुरक्षा सतर्कताको नाममा टोल बन्द गरेर आवागमनमा अवरोध नगर्न र भाडामा बस्ने व्यक्तिलाई दुव्र्यवहार नगर्न आदेश दिएको छ।
प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सुरक्षा सतर्कताको नाममा टोल बन्द गरेर आवागमनमा अवरोध गर्ने र भाडामा बस्नेमाथि भइरहेको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको हो।
लकडाउनको समयमा घर बाहिर रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत जो–कोहीलाई पनि घरबाट निकाल्न नपाइने मन्त्रालयको भनाइ छ।
आदेश प्रमुख जिल्ला अधिकारीमार्फत् देशभर लागू गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘आदेशको अपहेलना गर्ने वा काममा अवरोध पु¥याउने जुनसुकै व्यक्तिलाई कानुन बमोजिम सजाय हुने छ।’
मन्त्रालयले एक अर्कालाई निषेध नभएर सबै मिलेर महामारीविरूद्ध लड्न अपिल पनि गरेको छ।