अछाममा बिद्यालयमा अनियमितता भएको भन्दै जनसरकारमा उजुरी

अछाम, अछामका बिभिन्न ४ वटा बिद्यालयहरुले बिप्लव नेतृत्वको नेकपाको जनसरकारमा उजुरी दिएको बताइएको छ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट जनपरिषद अछामले रामारोशन गाउँपालिकाको ४ वटा माध्यामिक विद्यालयको उजुरी परेको बताएको हो ।

बिद्यलाय निर्माणको लागि ५ करोडको हाराहारीमा बजेट बिनियोजन भएपनि भवनको मापदण्ड अत्यन्तै कमशलको भएको र उक्त ठेक्का समेत लकडाउनको उल्लघर्न गर्दै आफु निकट ठेगेदारलाई गोप्य रुपमा जिम्मा लगाएको विज्ञप्ति मार्फत जनाएको छ । तर बिज्ञप्तिमा बिद्यालयकाे नाम भने खुलाइएकाे छैन । 

आज जारि भएको विज्ञप्तिमा भनिएको छ गाउँपालिकामा हुने प्राय विकास निर्माणका योजनाहरुमा कमिशनको चलखेल हुने गरेको जनगुनासो आइरहेको र यस पटक लिखित रुपमै जन परिषद अछाममा उजुरी परेको छ । हामी यसको गहिरो अनुसन्धान गर्दैछौँ । 

रामारोशन गाउँपालिकाका स्थानिय जनताले लिखित रुपमै उजुरी पेश गरेपछि आफुहरुले बाध्य भएर अनुसन्धान अगाडी बढाउन चेतावनी स्वरुप उक्त विज्ञप्ति जारी गरेको जिल्ला जनसरकार प्रमुख सौगातले जानकारी दिएका छन ।

उक्त कमसल खालको मापदण्ड विपरित भवन निर्माणको कुनै पनि जन विरोधि कार्य नगर्न नगराउन समेत विज्ञप्तिमा जनाएको छ । सो कार्य अगाडी बढाइए थप संघर्षका कार्यक्रम गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।