६ जनामा कोरोना भेटिएपछि चन्द्रागिरि नगरपालिका सिल

काठमाडौं काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ६ जना कोरोना संक्रमित फेला परेपछि चार दिनका लागि सिल गरिएको छ। आज (शनिबार) दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिएको हो। स्थानीयलाई घर बाहिर हिँडडुल गर्न रोक लगाइएको छ।

त्यस्तै ‘नगर क्षेत्र भित्रका औषधी पसलबाहेक अन्य पसल र विकास निर्माणका काममा पनि रोक लगाइएको छ।’ बैशाख ३ दिउँसोदेखि जेठ ७ गते बिहान सम्म नगर क्षेत्र सिल गरिएको नगरप्रमुख घनाश्याम गिरीले जानकारी दिए । मेयर गिरीले भने, ‘अत्यावश्यक कामले हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम गरी माक्स र पञ्जा लगाएर मात्र हिँड्न भनेका छौँ,’

चन्द्रागिरी नगरपालिका क्षेत्रको मच्छेगाउँ, दहचोक, बलम्बु, सर्तुगलमा एक एक र दुई जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।संक्रमित हुनेमा दुई जना सात सात वर्षीय बालक छन्।