बेलायतमा मृतकको संख्या ३३ हजार ९९८ पुग्यो, एकै दिन ३५ सय संक्रमित

काठमाडौं , साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एकै दिन ३ हजार ५६० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३८४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३३ हजार ९९८ पुगेको छ ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ३६ हजार ७११ पुगेको छ ।