थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं, नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २७८ पुगेको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा. विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराए ।

संक्रमितमध्ये पुरुष २२४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् । जसमा ३६ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २६ हजार ६ सय ९१ परीक्षणहरु छ ।