अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार ४२४ पुग्यो

काठमाडौं , कोरोना भाइरसको महामारीले अमेरिकामा मृतक संख्या ८८ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५१२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९३१ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८२ हजार ५२४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख २२ हजार २६४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ७१ हजार ८३६ जनामध्ये १६ हजार १४२ जनाको अवस्था गम्भीर रहेको छ ।