दाङको गढवामा २ तुलसीपुरमा १ गरी ३ जनामा कोरोना संक्रमण

सिसहनियाँ दाङको गढवामा २ जना र तुलसीपुरमा १ जना गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गढवा गाउँपालिकका वडा नं. ४ का २३ बर्षीय, गढवा ५ का २६ बर्षीय र तुलसीपुर ७ का ३४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले बताएको छ । प्रदेश नम्बर ५ का सबै जिल्लामा कोरोना भाइरसका संक्रमीत भेटिदा हाल सम्म दाङमा कुनै पनि बिरामी भेटिएका थिएनन ।

शुक्रवार दाङमा तीन जना भेटिए पछि कोरोना भाइरस रोगका संक्रमितको संख्या दुई सय ६७ पुगेको छ । दाङमा पहिलो पटक कोरोनाका विरामी भेटिएका हुन् । उनिहरु केही दिन अघि कृष्णनगर र महेन्द्र नगरको बाटो हुँदै भारतबाट नेपाल आएका थिए ।