भनेकै हुँ ती पैताला अप्ठ्यारोमा आउन मान्दैन…
प्रकासित मिति : २०७७ जेष्ठ २, शुक्रबार ०९:०४
प्रकासित समय : ०९:०४
भनेकै हुँ ती पैताला अप्ठ्यारोमा आउन मान्दैन ।
तिम्रो हैसियतले झुपडी छानोमा आउन मान्दैन ।
सरकार तपाईंको जुत्ता बन्न स्वीकार छु बरु
यो मन खाडी मुलुक बिरानोमा आउन मान्दैन ।
तिमी झन्डा समाउदैमा देश हाक्ने कुरा गर्छौ
चप्पल हौं जो कहिल्यै टाउकोमा आउन मान्दैन ।
सिंहदरबार हेर्ने रहर नभएको होइन हामीलाई
सरकारको नजर दुर्गम बाटोमा आउन मान्दैन ।
नदि जस्तै रहेछन् , नेता ज्यु तिम्रा वचन पनि,
जुन कहिल्यै फर्केर जिब्रोमा आउन मान्दैन ।
नौमुले गा पा ३ दैलेख