नरैनापुरमा ८ जनामा कोरोना , बाँकेमा संक्रमितको संख्या ३३

नेपालगन्ज,  बाँके थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्वर १, ३ र ५ मा नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।

१८, २०, २२, २५, २७, ३२ र ३६ बर्षको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ । साथै मकवानपुरमा पनि आजै एकजना नयाँ संक्रमित थपिएका छन् । मकवानपुरका ३७ बर्षिय पुरुषमा कोरोना देखिएसँगै नेपालमा संक्रमितको संख्या २५८ पुगेको छ ।