यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ )
प्रकासित मिति : २०७७ जेष्ठ २, शुक्रबार १९:३७
प्रकासित समय : १९:३७
काठमाडौं, सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा सरकारले देशलाई कोरोना भाइरस महामारीमुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ ।
त्यसका लागि सरकारले स्वास्थ्य सजगताका व्यवस्थाहरुको पूर्ण पालना गर्ने/गराउने, नमुना परीक्षण बढाउनुको साथै औषधी उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गरि कसैको पनि ज्यान जाने अवस्था आउन नदिन दृढतापूर्वक लाग्ने जनाएको छ ।