बेलायतमा कोरोनाबाट ३३ हजार ६१४ को मृत्यु, २ लाख ३३ हजार संक्रमण

काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३३ हजार ६१४ जनाको मृत्यु भएको छ ।

 २ लाख ३३ हजार १५१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४२८ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ४४६ जनामा संक्रमण देखिएको छ ।

१ लाख ९९ हजार १९३ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।