फेरि थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो २६७
प्रकासित मिति : २०७७ जेष्ठ २, शुक्रबार २१:५४
प्रकासित समय : २१:५४
काठमाडौं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणका क्रममा थप नौजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ कोरोना पुष्टि हुनेमा पर्साको वीरगन्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा-४,५ र तुल्सीपुर-७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष, काठमाडौ सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना देखिएको जनाइएको छ ।
यसअघि शुक्रबार बिहान ९ जनामा कोरोना देखिएको थियो । शुक्रबार दिनभर कोरोना संक्रमण देखिने १८ जना रहेका छन् । हालसम्म संक्रमितको संख्या २६७ पुगेको छ ।
हालसम्म ३६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।