पूर्वराजा ज्ञानेन्द्रले पाए सवारी पास
प्रकासित मिति : २०७७ जेष्ठ २, शुक्रबार ०९:२१
प्रकासित समय : ०९:२१
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किने सवारी पास पाएका छन्। सवारी पास पाएपछि उनी शुक्रबार बिहान ८ बजे झापाबाट काठमाडौंका लागि प्रस्थान गरेको हुन ।
पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले काठमाडौं आउनका लागि सवारी पास दिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए।
उनकाे पास बिहीबार रद्द भएको थियो। जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार नै जारी गरेको पास गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी रानामगरले पास रद्द गरेका थिए।
बिहीबार जारी भएको पास गृहमन्त्रालयको स्वीकृत नभएको भन्दै रद्द गरिएको थियो। पछि गृहले पास दिन भनेपछि बिहीबार नै उनलाई पास दिइएको थियो।