इटालीमा कोरोना संक्रमणबाट ३१ हजार ३६८ को मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ २, शुक्रबार ०७:२८
प्रकासित समय : ०७:२८
काठमाडौं , इटालीमा २ लाख २३ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा २६२ जनाको मृत्यु भएको छ ।
योसँगै इटालीमा मृतकको संख्या ३१ हजार ३६८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९९२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २३ हजार ९६ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये १ लाख १५ हजार २८८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७६ हजार ४४० जनामध्ये ८५५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।