अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो

काठमाडौं , कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार २७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ५५ हजार ६१७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख १६ हजार ७२४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ५२ हजार २० जनामध्ये १६ हजार २४० जनाको अवस्था गम्भीर रहेको छ ।