नेपालगन्जको वडा न ७ मा प्रत्यक घरको एकजनाको कोरोना परिक्षण गरिने

बाँके, नेपालगन्ज वडा न ७ मा निशुल्क कोरोना संक्रमणको परिक्षण गरिने भएको छ । वडा न ७ मा प्रत्यक घरको एकजनाको कोरोना संक्रमणको परिक्षण गरिने भएको  हाे । 

बिहीवारदेखि कोरोना संक्रमणको जांचका लागि वडा नम्बर ७ को गगंनगन्ज टोलमा नामावली टिप्न सुरु गरिएको छ ।  बिहीबार ३२ जनाको नाम संकलन गरिएको वडा न। ७ का वडा अध्यक्ष जुमन खाँले जानकारी दिए ।

वडा अध्यक्ष खाँ अनुसार कम्तीमा ५० जनाको कोरोना परिक्षण गरिने उदेश्य रहेको र सो परिक्षण निशुल्क रुपमा उपलब्ध गराउने अध्यक्षले जानकार दिएका छन ।