कालिकोटमा पलाँता गाउँपालिका अध्यक्ष बमविरुद्ध नाराबाजी

कालिकोट,पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम बिरुद्ध  भ्रष्टचारी नेता चाँहिदैन भनेर चर्काे नाराबाजी भएको छ । बिहीबार गाउँपालिको विवादले चर्को रुप लिएपछि  स्थानीयले गाउँपालिका अध्यक्ष बमका विरुद्ध चर्को नाराबाजि गरेका हुन्।

गत वैशाख २७ गते शनिबार गाउँपालिका अध्यक्ष बम र उनकी श्रीमती गोरिकला बममाथि आक्रमण भएपछिको विवादले चर्को रुप लिएपछि पक्ष बिपक्षबिच चर्काे नाराबाजी भइरहेकाे छ । मंगलबार बम पक्षका स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै पलाँता प्रहरी चौकी घेराउ गरेका थिए । 

आक्रमण गरेको आरोपमा पक्राउ परेका नेपाल कम्यूनिष्ट पाटी (नेकपा) पलाता गाउँपालिका कमिटी अध्यक्ष इन्द्र रोकाया र सोही गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर भण्डारीका समर्थकहरुले भ्रष्टचारी नेता चाँहिदैन, गाउँपालिको खाता बन्द गर, नेताहरु थुन्न पाईंदैन, पलाँता रेडियो खारेज गर, झुट्टा मुद्धा खारेज गर, जस्ता नारा लगाएका छन्।

कालोझण्डासहित अध्यक्ष बमका विरुद्धमा उत्रेका स्थानीयले १० महिनादेखि शिक्षक कर्मचारीलाई तलतब नपाएको, अग्नि पीडितलगायतका लागि आएको पैसा हिनामिना भएको आरोप लगाएका छन्। आन्दोलनमा उत्रेका स्थानीयहरुले गाउँपालिकाका सबै वडा कार्यालयमा ताला लगाउने चेतावनि दिएका छन । बुधबार पक्राउ परेका स्थानिय नेताहरूलाई रिहा नगरेसम्म ताला नखोलिने उनीहरुले बताएका छन्।