स्वास्थ्य मन्त्रालयले सच्यायो विवरण, कोरोना संक्रमित २४५

काठमाडौं स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या २४५ रहेको जनाएको छ। मन्त्रालयले यसअघि २५० जनामा कोरोना संक्रमण भएको जनाएको थियो।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले यसअघि ५ जनाको दोहोरो रिपोर्टिङ भएकाले सच्याइएको बताएका छन्।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारी गराएको हो ।