सरकारलाई देशभक्त समाजको अनुरोध सिमा समास्याका लागि उचित कदम चालियोस

काठमाडौँ, देशभक्त समाजले देशको सिमाको समास्या सुल्झाउन सरकारलाइ उचित कदम चाल्न अनुराेध गरेकाे छ   । आज एक बिज्ञप्ति जारी गर्दै देशभक्त सामाजले  सरकार जिम्मेबार भएर देशकाे हितमा लाग्नु पर्ने जिकिर गरेको हो ।

केन्द्रिय सदस्य चुडा बहादुर खडका मिलनद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।  लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भुमि हो । सुगौली सन्धिले सिमा निर्धारण गरि सकेको छ । त्यसमा सरकार जिम्मेबार भएर अगाडि बढन जरूरत छ । 

भारतले नेपालको रास्ट्रियता, सार्वभौमिकता ,स्वाधीनता र अखण्डता माथी गरेको यो हस्तक्षप र अतिक्रमण २४ जिल्लाका ७१ स्थानमा सिमा अतिक्रमण गर्नु भारतको बिस्तारवादी नीति हो । बिज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै भारतले असल सदियारको व्यबहार गर्ने हो भने उस्ले आफ्नो बिस्तारवादी नीति त्याग्नुपर्ने भनाइ रहेकाे छ  । समाजले  भारतको अतिक्रमण विरुद्ध सम्पुर्ण देशभक्त नेपाली एकजुट हुन आव्हान गरेकाे छ  ।

साथै सामाजले सिमा समास्याका लागि उचित कदम चाल्न अनुराेध समेत गरेकाे छ ।