माछा मार्न गएका राई मृत भेटिए
प्रकासित मिति : २०७७ जेष्ठ १, बिहीबार ०९:२९
प्रकासित समय : ०९:२९
नदीमा माछा मार्न गएका एक युवक मृत अवस्थामा भेटिएका छन् । दूधकोशी नदीमा माछा मार्न गएका थुलुङदूधकोशी गाउँपालिका–८ देउसाका ३९ वर्षीय लक्ष्मण रार्ई दुई दिनपछि मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।
सोमबार माछा मार्न भन्दै दूधकोशी गएका राईलाई माप्यदूधकोशी–७ र थुलुङदूधकोशी–८ जोड्ने कायघाटमा राखिएको ह्युमपाइपभित्र अड्किएको अवस्थमा बुधबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। उनका अनुसार राईको शव बुधबार नै कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइएको छ।