नारायणी अस्पतालबाट भागेका दुवै कोरोना संक्रमित पक्राउ

पर्सा, वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका दुवै कोरोनाभाइरस संक्रमित संक्रमित पक्राउ परेका छन् । अस्पतालको आइसोलेन कक्षमा राखिएका दुई जना बुधबार साँझ शौचालयबाट हाम फालेर भागेका थिए ।

दुई संक्रमितमध्ये एक जना बुधबार साँझ नै पक्राउ परेका थिए । विन्दवासीनी गाँउपालिका घर भएका राजनाथ यादवलाई भने प्रहरीले बुधबार नै साँझ नै नियन्त्रणमा लिएर फेरि आइसोलेसन वार्डमा राखिसकेको छ ।

अर्का संक्रमित वीरगन्ज १६ का जाबेद मियालाई बुधबार राति मावलीबाट प्रहरीले पक्राउ गर्न सफल भएको छ । अस्पतालको आइसोलेसन वार्डबाट भागेका उनी पहिला घर अनि त्यसपछि त्यहाँबाट पनि भागेर हरिहरपुरस्थित मावली घरमा पुगेका थिए ।

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार उनलाई साइकलमा राखेर मावली घर पुर्याउने एक व्यक्तिसहित ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।