थामिएन युरोपमा मृत्युको शृंखला
प्रकासित मिति : २०७७ जेष्ठ १, बिहीबार ०९:१२
प्रकासित समय : ०९:१२
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर नै बढ्दो क्रममा छ। संक्रमण र मृत्यु दुवैमा अमेरिका र युरोप अगाडि देखिएका छन्। हिजो (बुधबार) फ्रान्समा ८३ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २० हजार ७४ पुगेको छ। अझै २ हजार ४२८ जना आईसीयूमा रहेको बताइएको छ।
स्पेनमा हिजो १८४ जनाको मृत्यु भएको छ र मृतकको संख्या २७ हजार १०४ पुगेको छ। इटालीमा २४ घण्टामै १९५ जनाको मृत्यु भएको छ भने मृतकको संख्या ३१ हजार १०६ पुगेको छ। बेलायतमा कोरोनाबाट मर्नेको संख्या ३३ हजार नाघेको छ। २४ घण्टामा नै त्यहाँ ४९४ जनाको मृत्यु भएको छ। बीबीसी