निलम्बनमा परेको १३ घण्टा पछि प्रहरी नियन्त्रणमा

कालिकाेट, नेपाल कम्यूनिष्ट पाटी नेकपा पलाता गाउँपालिकाका अध्यक्ष बिष्णु वहादुर रोकाया इन्द्र र सोही गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर भण्डारी वासिन्दालाई प्रहरीले प्रक्राउ गरेको छ । गएको २७ गते पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम र उहाँकी श्रीमती गोैरिकला बमलाई आक्रमण गरी घाईते वनाएको किटानी परेको तीन दिन पछि आज प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको हो ।

नेकपा कालीकोटले घटनामा संलन्न भएकाले छानविन हुदा सम्म पार्टीवाट निलम्वन गरेको थियो । पार्टी अध्यक्ष धनजित शाही र सचिव नगेन्द्र शाही नेशनलले सयुक्त बिज्ञाप्ती प्रकाशित गरी पलाँता सरकारका अध्यक्ष र पार्टी अध्यक्ष लगाएको बिवाद हुदा अध्यक्ष र उहाँको पत्नी घाईते भएको घटना छानविन हुदा सम्म निलम्वन गरेको वताएको थियो । निलम्वनमा परेको १३ घण्टा पछि नेता द्भय रोकाया र भण्डारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

सडक निर्माणका विषयमा छलफल गर्दा विवाद गर्ने नेकपा गाउँ कमिटिका अध्यक्ष र वडाध्यक्षले गाउँपालिका अध्यक्ष र उहाँकी पत्नीलाइ ढुङ्गा प्रहार गरी घाइते बनाएपछि नेकपा कालीकोटले दुवै जनालाई पाटीबाट निलम्बन गरेको थियो । नेकपा कालिकोटले घटनाको छानविन नहुँदासम्म दुई नेतालाई निलम्बन गरी छानविन समिति समेत गठन गरेको थिया्े ।

पार्टी जिल्ला कमिटि सचिवालय सदस्य तथा पचालझरना गाउँपालिका अध्यक्ष खडकराज सेजुवालको संयोजकत्वमा तीन सदस्यीय छानविन समितिको गठन गरेको छ । छानविन समितिले प्रतिवेदन नबुझाउदासम्म नेता रोकाया र वडाध्यक्ष भण्डारीलाई पाटीले निलम्बन गरेको वताएको थियो । तर नेकपाको प्रतिवेदन नआउदै प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनिहरु बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसन्धान अधिकृत इन्द्रवहादुर मल्लले वताउनुभयो । उहाँले अदालतवाट म्याद थपेर अनुसन्धान भईरहेको वताउनुभयो ।

नेकपा पलाँतामा लामो समय देखि बिवाद हुदै आएको थियो । बिवादमा अध्यक्ष बलमे सडक नखन्ने र आफु फर्किने भनेर उठेका वेला वडा नं १ का अध्यक्षले वस्नुहोस भन्दै पाखुरा समाएर झापड हानेको भिडियो किलिप्समा देखिएको छ । झडव हुदा गाउँपालिका अध्यक्ष, उहाको पत्नी र भतिजा घाइते हुनु भएको थियो भने नेकपा अध्यक्ष रोकाया, वडा अध्यक्ष भण्डारी, वडा र दुई जना अन्य युवा पनि घाइते भएका थिए । नेकपामा देखा परेको बिवादकै कारण केही महिना अगाडी पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर वमलाई पनि नेकपाले पाटीबाट निलम्बनमा गरेको थियो ।

त्यतीवेला नेकपा पलाँतामा देखा परेको बिवादको सत्यतथ्य जानकारी ल्याउन नेकपा कर्णाली प्रदेश सदस्य बिस्नवहादुर बिकको संयोजकत्वमा तीन सदस्यि छानविन समिति गठन गरेको थियो । त्यो समितिले केही पनि प्रतिवेदन सार्वजनिक गरेको छैन । बिहवार मात्र मान्ममा पत्रकार सम्मेलन गरी रोकाया र भण्डारीले पाटीभित्रको आन्तरिक विवाद भएकाले पाटीभित्र समाधान खोज्न आफु तयार रहेको बताएका थिए ।