कोरोनाबाट बच्न पुर्व पश्चिम राजमार्गसहित दाङ पुर्णरुपमा सिल
दाङ, अत्याबस्यक खाद्यान्न ढुवानीका गाडी बाहेक अन्य गाडी चल्न नदिने गरी दाङ जिल्लालाई आज देखि सिल गरिएको छ । जस अन्तगर्त देउखुरी स्थित पूर्ब(पश्चिम राजमार्गमा सिल गरिएको छ । दाङको पूर्वमा धानखोला र पश्चिम सिमाना शिवखोला नाकाबाट अब अत्याबसश्यक सामानका गाडी बाहेक अन्य गाडीलाई आवतजावतमा रोक लगाईएको हो ।
ढुवानीका गाडीमा चालक र सहचालक भन्दा बढी मानिस यात्रामा रहेको भेटिए पनि गाडीलाई फर्काईने गरि तैनाथ सुरक्षा कर्मिलाई निर्देशन दिईएको छ । विभिन्न जिल्लाबाट ढुवानीका लागि दाङ प्रबेश गर्ने गाडी बाटै कोरोनाको खतरा बढेपछी नाकाको अनुगमन गरि नाका सिल गर्ने सम्म निर्णय गरिएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालको समन्वयमा नाका सिल गरिएको जानकारी दिए ।
कोरोना संक्रमण मुक्त जिल्ला भनेर दाङलाई चिनाउनका लागि नाकाक्षत्रको नियमित अनुगमन गर्ने तथा बचौँ र बचाउँ भन्दै सबै सचेत हुन आग्रह पनि गरे । देउखुरी उद्योग बाणिज्य संघको पहलमा लमहीका क्रियासिल संघ संस्था र लमही नगरपालिका बिच मंगलबार भएको छलफलमा हाईबे नाका सिल गर्ने र विशेष निगरानी बढाउन सुरक्षाकर्मीलाई निर्देशन दिने निर्णय भएको थियो ।
सोही अनुरुप जनप्रतिनिधि, क्रियासिल संघ संस्थाका पदाधिकारी, सुरक्षाकर्मी, पत्रकार सहितको टोलीले बुधबार हाईबेको २ नाकामा अनुगमन गरेको छ । अनुगमनका क्रममा कोरोना रोकथाममा सुरक्षाकर्मिकै विशेष भुमिका रहने भन्दै नाका क्षत्रमा तैनाथ सुरक्षा कर्मिहरुले निगरानी बढाउनु पर्ने लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले बताए । दाङ्गको देउखुरी स्थित पुर्ब पश्चिम राजमार्गमा कडाई गर्न सके समग्र दाङ्ग नै कोरोना जोखिमबाट मुक्त हुने मेयर केसीले धारणा राखे ।
देशमा कोरोना भाईरसले महामारी रुप लिन थालेपछी दाङ्गपनि उच्च जोखिममा रहेको भन्दै जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी तथा संघसंस्थाका पदाधिकारीको ध्यानाकर्षण भएको थियो । देशभर दिनप्रतिदिन कोरोना संक्रमण बढेसङ्गै देउखुरी क्षेत्रमा रहेका विभिन्न संघ संस्था तथा जनप्रतिनिधि हरुले दाङ जिल्लालाई कोरोना संक्रमण बाट बचाउनका लागि चासो दिएका हुन ।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलबासे, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ, बाणिज्य उपाध्यक्ष बिनोद पान्डे, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५ का अध्यक्ष केपी घिमिरे, लमही खानेपानी संस्थाका सचिब सनम पौडेल, चेम्बर अफ कमर्स लमहीका अध्यक्ष अजय न्यौपाने, महासचिब केशब अधिकारी, लमही जेसिजकि अध्यक्ष सपना पाण्डे पण्डित, पतञ्जली योग समितीकि जिल्ला उपाध्यक्ष सहना श्रेष्ठ, पतञ्जलीकै देउखुरी अध्यक्ष भेषराज भट्टराई, शसस्त्र प्रहरी बल सिमा सुरक्षा अर्जुनखोलाका प्रमुख ईश्वरीदत्त भट्ट, ईप्रका अमिलियाका प्रमुख खिमबहादुर घर्तीमगर, पत्रकार लगाएतको टोलीले अनुगमन गरेको हो ।
टोलीले पूर्व(पश्चिम राजमार्गका दुई नाकामा तैनाथ शसस्त्र प्रहरी र जनपथ प्रहरीलाई प्रत्येक गाडीको ढाला खोलेर समेत हेर्न निर्देशन गर्यो । गाडीमा २ भन्दा बढी यात्रा गरिएको पाईएमा गाडीलाई नै फर्काउने निर्देशन गरेको टोलीले नियमित अनुगमन गर्ने जनाएको छ ।