दाङमा २५ जना पत्रकारहरूको कोरोना परिक्षणका लागि स्वाव संकलन
प्रकासित मिति : २०७७ बैशाख ३१, बुधबार १७:४३
प्रकासित समय : १७:४३
दाङ, कोरोना भाइरसको जोखिममा रहेको भन्दै दाङ जिल्लाका पत्रकारहरुको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासघं दाङ शाखाको समन्वयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वुधवार स्वाब सङकलन गरेको हो ।
फिल्डमा खटिएर कार्य गदै आएका पत्रकारहरु पनि जोखिममा रहेकाले कोरोनाको सङक्रमण भए नभएको थाहा पाउनका लागि स्वाब परिक्षण गरिएको नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष सविन प्रियासनले जानकारी दिएका छन् । सो अवसरमा २५ जना पत्रकारहरुको स्वाब लिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।